काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै गठबन्धन ब्युताउन प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको छन् । उनीहरुबीच बुधबार भएको भेटवार्ताको क्रममा यस्तो प्रस्ताव गरेका हुन् ।
बुधबार बेलुका बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासहितका नेतालाई प्रचण्डले छिट्टै निर्णय दिने बताएका हुन्।
कांग्रेस उपसभापति खड्काका अनुसार पुरानै गठबन्धन ब्युँताउने सम्भावना बढेको छ। यद्यपी अहिले नै रिजल्ट आइसकेको छैन।
‘तपाईंले राष्ट्रिय सहमति भन्नुभएको थियो, अब हामीलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्यो भनेर अनुरोध गर्यौं’ प्रधानमन्त्रीलाई राखेको भनाइ उदृत गर्दै उनले थपे, ‘राष्ट्रिय सहमतिको दिशामा जान संसदको पहिलो पार्टीलाई सहयोग गर्नुपर्यो।’
‘जवाफमा उहाँले म यसबारे पार्टीभित्र छलफल गर्छु, मलाई पार्टीले निर्णय गर्ने अधिकार दिएको छ। अरु दलसँग पनि छलफल गर्छु। उपयुक्त समयमा निर्णय गर्छु। पार्टीमा निर्णय गरेर तपाईंहरुलाई जानकारी गराउँछु भन्नुभएको छ’ उपसभापति खड्काले भने।


