काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
आचार्यलदाई प्रधानमन्त्री प्रचण्डले सोमबार नै नियुक्त गरेका हुन् । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् ।
पत्रकार महासंघको अध्यक्ष भएपछि माओवादी केन्द्रको केन्द्रीय सदस्यबाट हटेका आचार्य यस अघि पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएर काम गरिसकेका छन् ।


