काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रधानमन्त्रीको भारत भ्रमणमा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरूको स्वागत गरेको छ ।
इप्पानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत भ्रमणका क्रममा आर्थिक कटनीतिमा केन्द्रित गरि उूmर्जा व्यापारको लागि महत्वपूर्ण पहल गरेको भन्दै प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेको छ ।
इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस भएको भन्दै विगत केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावट क्षमता भन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद बिक्री तत्काल खुलाउनका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गरेको छ ।
पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वदेशमा अधिकतम विद्युत खपतका साथै विद्युत व्यापारका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।


