काठमाडौं । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै विशेष पहलकदमी लिनुपर्ने बताएका छन् ।
उनले शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गरे । छिट्टै संसद् बैठक सञ्चालन हुने विश्वास समेत व्यक्त गरे ।
“गभरमेन्ट र अपोजिसनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे १ अब यो, प्रधानमन्त्रीजीले लिडर अफ अपोजिसनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो, निकाल्नुहोला,” उनले भने ।


