काठमाडौं । आफूलाई विश्वासको मत दिएका दलहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार बैठक बोलाएका हुन् ।
सभामुखरउपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । “विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ,” सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।
प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।


