काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । उनी बुटवलस्थित आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन् ।
विसं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि(पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।
सोही अस्पतालको वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको र प्रधानमन्त्री प्रचण्डले वार्षिकोत्सव समारोह उद्घाटन गर्ने अस्पतालका अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।


