काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व भएको बताएका छन् । उनले मंगलबार २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।’


