काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गर्न नेपाल निवास बालकुमारी गएका छन् । उनले नेपाललाई पुनः एमालेमै आउन अनुरोध गरेको बताए
उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु। उहाँले सकारात्मक नै हुनुहुन्छ। तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए।’
अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए।


