काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी डा। अञ्जान शाक्यले शपथ लिएकी छिन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक समारोहकाबीच पूर्वराजदूत समेत रहेकी उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन्।
त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिएका थिए। त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिए।


