काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरुमा रिक्त रहेका पदाधिकारीहरु चाँडै नियुक्ति हुने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले शुक्रबार मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको टुङ्गो लाग्ने बताए । उनले खुल्ला प्रक्रिया बाट प्रकृया अघि बढाइएकोले केही समय ढिलाई भएको बताए ।
उनले सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताए । उनले भने, ‘आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको हुन्छ ।’


