काठमाडौं । नेकपा( एमाले) का सांसद ठाकुर गैरेले शरणार्थी प्रकरण छानबिनमा के हुँदैछ भन्ने प्रश्न गरेका छन्।
उनले मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै यस्तो प्रशन गरेका हुन् । उनले भने, जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यो सरकारले के गरिरहेको छ ?
उनले विभिन्न समाचारहरुबाट केही व्यक्तिहरु पक्राउ परेको सुनेको बताए। ‘केही व्यक्ति र सांसदलाई वारेन्ट गरिरहेका छन्, उहाँ भागिराख्नुभएको छ। केही सांसद नोटिसमा हुनुहुन्छ, समाचारमा आइरहेको छ, उहाँ सदनमै हुनुहुन्छ। सदनमै बोलिराख्नुभएको छ। यो के भएको हो ? ‘ उनले सोधे।


