काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ ।
सञ्चारसचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।


