काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको अहिलेको सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको दाबी गरेका छन् ।
उनले बिहीबार बुटवलमा रहेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो उल्लेख गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शय्या निःशुल्क उपलब्ध गराइएको छ ।’
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको र यो निकै ठुलो मेहेनत र सङ्घर्षको प्रतिफल भएको प्रचण्डको भनाइ छ ।


