काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाउन समयसीमा तोकेपछि नेकपा (माओवादी केन्द्र) को सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद पद पाएको छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर भनेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगमा पठाउने चटारोमा छन् ।


