काठमाडौं । आज नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको नयाँ नेतृत्वको लागि मतदान हुँदैछ।
मङ्गलबारबाट काठमाडौंमा सुरु भएको २३औं महाधिवशनमा अध्यक्षका लागि नेतृत्वका लागि आरसी लामिछाने, समिक बडाल र मोती विकले उम्मेदवारी दिएका छन्। नेतृत्व चयनका लागि बिहान ८ बजेबाट मतदान हुनेछ।
७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्न लागिएको हो।


