काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । संसद सचिवालयले दिएको जानकारी अनुसार मतदानको कार्यक्रम रहेको छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । अहिलेसम्मको आँकडालाई हेर्ने हो भने सत्ता साझेदार दलबाट उम्मेदवारी दिएकी राना अगाडि देखिएकी छिन् ।


