काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेसले पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन गर्न लागेको हो ।
बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरूको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरू गरेको थियो ।


