काठमाडौं । आज हुने राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।
रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् ।
एक सांसदका अनुसार राष्ट्रपतिमा मत कुनै एक उमेदवारलाई हाल्नैपर्ने बाध्यकारी अवस्था नबनाउने पक्षमा रास्वपा छ । राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदै छ ।


