काठमाडौं । लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा (एमाले) का कुमार दसौदी विजयी भएका छन् । आज भएको मतगणनाअनुसार उनी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मत प्राप्त गरेका छन् ।
राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए ।
।


