काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म महोत्सवलाई सघाउन सरकार तयार रहेको बताएका छन् । उनले बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुसँग बालुवाटारमा भएको भेटका क्रममा यस्तो बताएका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए ।
त्यस अवसरमा निफ टोलीले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तो समेत दिएको थियो । चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुने फेस्टिभल क्यूएफएक्सका काठमाडौं उपत्यकामा रहेका सिनेमा हलहरुमा आयोजना हुँदैछ ।


