काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


