काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको प्रष्टीकरण दिएका छन् ।
उनले आज प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा यस्तो जिकिर गरेका हुन् ।
‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु’, उनले भने, ‘गोरखा मिडिया नेट्वर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’ लामिछानले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै खसी बोका पाल्ने नाममा भएको राज्यकोषको दुरुपयोगबारे पनि प्रश्न उठाए ।
‘