काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले विभिन्न दवाबबीच सन्तुलित बजेट ल्याएको बताएका छन् ।उनले मंगलबार संसदमा पेस गरेको बजेटबारे जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘बजेट तयारीका क्रममा हतारोजस्तो थियो । तर हामी सबै रिल्याक्स मुडमै छौं’, उनले भने, ‘सोमबार बिहान साढे ३ बजेसम्म मन्त्रालयमै थिएँ । त्यसपछि गएर सुतेँ । अर्थसचिवलले म्याट्रेस ल्याउनुभएको रहेछ, यहीँ (मन्त्रालयमै) सुत्नुभयो ।’
उनले बजेट आउने-नआउने शंकाबीच आफूहरू सफल भएको बताए । ‘बजेट नै आउनेरनआउने टुङ्गो थिएन’, उनले भने, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।’
अर्थमन्त्री पुनले आम जनतन, व्यवसायी र उद्यमीमा आशा जगाउने प्रयासस्वरुप बजेट ल्याएको पनि बताए ।