काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी संयुक्त बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार यो बैठकमा पार्टीका प्रदेश कार्यसमिति सभापतिहरू र प्रदेशस्थित संसदीय दलका नेताहरूलाई पनि बोलाइएको छ ।
उक्त संयुक्त बैठकमा कांग्रेसले व्यापक छलफल गरेर थप रणनीति तय गर्ने भएको छ । त्यसकै लागि प्रदेश कार्यसमिति सभातपिहरू र प्रदेसभा संसदीय दलका नेताहरूलाई पनि कांग्रेसले काठमाडौं बोलाएको हो । प्रदेश कार्यसमिति सभापतिहरू केन्द्रीय कार्यसमितिका पदेन सदस्यका रुपमा रहेका छन् ।