काठमाडौं । संसद भवन नयाँबानेश्वरमा कार्यब्यवस्था परामर्श समितिको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने विषयमा छलफल गर्न बैठक बसेको हो । ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।