काठमाडौं । नेपाली कांग्रेसको अबरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरूले नाराबाजी गरेका थिए।
संसदको कार्यसूची अघि बढाउन सभामुख देवराज घिमिरेले आग्रह गरेपनि कांग्रेस सांसदहरूले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ।