काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको लागि आफूले ठूलो जोखिम उठाएको बताएका छन् ।
उनले विहीबार जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘क्रान्तिको बाटो सरल रेखाबाट जाँदैन। तर, हामी रणनीतिक रूपमा हामी कतातिर जाँदैछौं हामीले बनाएको समाजवादी मोर्चा, सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उठाएको जोखिम छ। अहिले जोखिम उठाएकै छ। राष्ट्र र जनताको लागि नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ। सरकारको तर्फबाट पनि सुशासन र सामाजिक न्यायको मात्रै कुरा उठाएका छैनौँ।’
लामो संघर्षको बलमा सामन्तवाद र त्यसको राजनीतिक संस्थाहरूलाई परास्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु सानो उपलब्धि नभएको बताए।