काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको प्रदर्शन गरेका छन् ।
विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरू आज पनि माइतीघरबाट बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन्।
उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पीडितहरूले माइतीघरमा रिले अनशन समेत सुरु गरेका छन् ।