काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रबारे निर्णय गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । उक्त कार्यक्रम प्रस्तुत गर्न दिनेरनदिनेबारे दलको बैठकबाट कांग्रेसले निर्णय गर्दै छ । बैठक सुरु अगाडि नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटार गएर छलफल गरेका थिए ।


