काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको जिकिर गरेका छन् ।
प्रवक्ता महतले शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । उनले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।
उनले गृहमन्त्री लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्ने गरि समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।


