काठमाडौं । गएराति साढे १२ बजे चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने २३ यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बर को ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठोक्किएका हुन्।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।


