काठमाडौं । सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी .जसपा)लाई दल दर्ताको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो । उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।


