काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न नेपाली कांग्रेसका नेतालाई आग्रह गरेका छन् । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
‘प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु। म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयोु लेखकले भने ‘नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।’
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए।


