काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता समीकरण बदलिन सक्ने संकेत गरेका छन् । उनले सोमबार पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा यस्तो धारणा राखेका हुन् ।
‘अहिले हामी संसदभित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित समिकरणमा पनि छौं। यो समीकरण संयुक्त मोर्चा होइन, तात्कालिक राजनीतिक सहकार्यमात्र हो। यो समीकरण वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन। राजनीतिक परिस्थिति बदलियो भने समीकरण वा सहकार्य पनि बदलिन सक्छ,’ नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।


