काठमाडौं । सरकारले आज संसदमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै छ । आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने परम्परा छ ।
संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने बताइसकेको छ ।


