काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपचुनावबाट प्राप्त निर्वाचन परिणाम नै मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज काठमाडौंमा आयोजित कार्यक्रममा उपचुनावमा दुवै सिट एमालेले जितेको बताए ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’


