काठमाडौं । सत्तारुढ दल पनि संसद सुरु अगावै आफ्नो पार्टीको संसदीय समितिको बैठक बोलाएको छ ।
प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् । संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।


