काठमाडौं । सरकारले भोलि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएसँगै यसबारेमा कसरी जाने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ ।


