काठमाडौं । छानबिन समिति माग गर्दै संसद अबरोध गरिरहेको नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।
अहिले प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकले बालुवाटारमा छलफल गरिरहेका छन् ।
सरकारले आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर कांग्रेसले छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान यथावत राखेपछि त्यसको समाधानका लागि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल थालेका हुन् ।


