काठमाडौं । बलात्कारको मुद्धामा उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ ।
बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो । उनले भने, ‘न्यायाधीद्वयको इजलासले सन्दीप लामिछानेविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको छ । सन्दीप लामिछाने निर्दोष रहेको फैसला गरेको छ ।’
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।


