काठमाडौं । अरुण तेस्रोको मुख्य सुरुङमार्गको ब्रेक थ्रू भएको छ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार परियोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ कार्य सम्पन्न गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्।
अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने छ । सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ ।