काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने उद्घोष गरेका छन् । उनले शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको अनुभव पार्टीलाई भएको छ। अब त्यतातिर नलाग्ने पार्टी नेतृत्वको अनौपचारिक निर्णय छ।’
उनले आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।