काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट जग्गाको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्।
मेयर शाहले आजैमात्र गिरिबन्धु टि-स्टेटको बारेमा सामाजिक सञ्जालमा ओलीका संलग्नता रहेको आरोप लगाएका थिए । यसबारेमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ओलीले सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै काठमाडौँका मेयर बालेन शाहलाई सोध्न आग्रह गरे। उक्त प्रश्नमा अध्यक्ष ओलीले संक्षिप्त जवाफ दिए, ‘बालेनलाई सोध्नुस्।’
मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टि(स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए।