काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे सत्तारुढ दलका शीर्षस्थ नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबिच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीले भेटवार्ता गरेका हुन् ।