काठमाडौं । नेकपा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी कुनै पनि मोर्चाको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।
उनले शनिबार एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने भन्दै सोही उद्देश्यका साथ अघि बढ्न निर्देशन दिए । उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि सबै राजनैतिक पार्टी एक ठाउँमा उभिनुको विकल्प छैन ।’
देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले समाजवादी मोर्चा, वामपन्थी एकताका भन्दा पनि कामपन्थी एकताको खाँचो औल्याए ।