काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाएका छन् ।
कांग्रेस नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा सुशासनको अभाव र भ्रष्टाचारले गाँजेको बताए । “राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छैन । आर्थिक विकास हुन सक्ने अवस्था छैन । सुशासन छैन, भ्रष्टाचारले गाँजेको छ,” उनले भने ।