काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन काठमाडौंको कमलादीमा सुरु भएको छ।
देशभरबाट आएका प्रतिनिधिहरू अहिले भृकुटीमण्डपबाट र्यालीसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आइपुगेका छन् ।
र्याली विभिन्न जातजातिको झाँकी पनि प्रदर्शन गरिएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार २० गतेसम्म प्रज्ञा भवन कमलावदीमा हुँदैछ । वर्तमान अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवैमा अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अर्का नेता घनश्याम भुसालले समेत आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।


