काठमाडौं । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ ।
अहिलेसम्म ५३२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स ९एनडिए० गठबन्धन २८४ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२२ सिटमा अगाडी देखिएका छन् । यस्तै, २६ स्थानमा अन्य दल अगाडि छन् ।
सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५।१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए ।


