काठमाडौं । आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनको लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।
डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। ।


