काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्रसमेत भएको बताएका छन् ।
उनले आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताए ।
संसदको कूटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताए ।


